काठमाण्डौ । गायक बन्ने सपना बोकेर काठमाण्डौ आएका अलिफ खानको सपना झण्डै १० वर्षपछि पुरा भएको छ । उनको सपना पुरा हुँदै गर्दा उनी त खुशी छन् नै साथै उनका फ्यानहरु पनि उनको यो खबर सुनेर निकै नै खुशी भएका छन् । उनका फ्यानहरुले अलिफलाई सामाजिक सञ्जालमा धेरै नै बधाई दिएका छन् । आफ्नो सपना पुरा भई रहंदा अलिफ भन्छन्,‘मैले सोंचेकै थिएन कि मैले पनि गति रेकर्ड गराउन पाउँछु होला भन्ने । तर सपना पुरा भएको छ । धेरै खुशी लागेको छ ।’
अलिफको कला र गला त धेरैले सुने । नेपालका दिग्गज कलाकारहरुले उनीसंगै स्वरमा स्वर मिलाएर विभिन्न अन्तरवार्ताहरुमा गीत पनि गए । तर उनको सपनालाई एक स्टेप पनि पुरा गर्नकोलागी आफ्नो तर्फबाट कसैले पहल कदम पनि चालेनन् । तर काठमाणडौ आएर गीत रेकर्ड गराउने सपनालाई केवल संगीतकार अर्जुन पोख्रेलले गरेका छन् । अर्जुनले आलिफको आवाजमा गीत रेर्कड त गराएका छन् नै साथै उनले अलिफलाई गीत गाए बापत उनको पारिश्रमीक पनि दिएका छन् ।
आफुले पहिलो गीत रेर्कड गर्न पाएको खुशी भएका अलिफले गीत रेर्कड गराउनुकासाथै पारिश्रमीक पनि पाउँदा खुशीको सिमा नै मेटिएको पनि बताएका छन् । वास्तवमै धैर्यताको फल मिठो हुन्छ भनेको साँचो नै हो । कलाकार आलिफले यो दिनको पर्खाईमा १ या २ वर्ष हैन पुरै १० वर्ष धैर्य गरेका थिए । यो १० वर्षमा उनले कयौं पटक हार पनि खाएका थिए । के सोंचेर काठमाण्डौ आएका थिए अनि के भईरहेको थियो आलिफको यात्रा । तर पनि उनी निरन्तर आफ्नै उद्येश्यमा दुःख सुख सबै सहंदै अघि बढी रहेका थिए । र अन्ततः आज आलिफको उचाई चुलिएको छ ।






