बडिगाड अनलाइन । बालकलाकारको रुपमा पछिल्लो समय सबैले सुनेको नाम हो सचिन परियार । आफ्नो कलाकै कारण गुल्मीबाट काठमाण्डौको यात्रा तय गरेका उनको एक पछि अर्को सफलता हात लाग्दै छ ।
यसैबीच उनले नेपाली चलचित्र जगतका महानायक राजेश हमालसगं पनि अभिनय गर्ने अवसर पाएका छन् । उनका लागि यो अझै ठुलो सफलता बनेको छ । राजेश हमालका चलचित्र हेरेर हुर्केका उनले हमालसगं भिडियोमा खेल्न पाउँदा खुसी भएको बताए ।






