दोहा । साउदी अरबको जेद्धामा विगत १८ महिनादेखि बिरामी भई छ ट प टाइरहेका एक नेपाली यु वाको उद्धा र गरिएको छ । जाजरकोट घर भएका आयुष रानाको उ द्धा र गरी जेद्वास्थित अलविर अस्पताल भर्ना गरिएको छ ।
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा साउदीमा नेपाली युवा छटपटाइरहेको एक भिडियो सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिडियोबारे चासो राख्दै रानाको उद्धार र उपचारमा पहल गरेका हुन् ।
मन्त्री श्रेष्ठले सार्वजनिक भिडियोबारे वास्तविकता बुझ्न त्यहाँको महाबाणिज्य दूतावासलाई खबर गरे लगतै दूतावासका श्रम सहचारी प्रेम उपाध्यायसहितको टोली बि रा मीको अवस्थाबारे जानकारी लिदै उपचार गर्न स्थानीय अस्पतालमा भर्ना गरेको बताईएको छ ।
श्रम सहचारी उपाध्यायका अनुसार बिरामी रानासहित ८ जना नेपाली अलपत्र परेको र केही महिनादेखि दूतावासले खानको व्यवस्था गर्दै आएको जानकारी दिए । ८ जनामध्ये एक जना नेपाल फर्किसकेका छन् भने अन्य ६ जनालाई भोली मंगलबार नेपाल फर्काईने बताईएकोछ ।
बि’रा’मी रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको तर, उनको पु लि स केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने बताईएको छ । उनी बि रा मी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि महाबाणिज्य दूतावासले आइतबार नै इमिग्रेसनलाई पत्राचार गरेको महाबाणिज्यदूत शत्रुधन पोखरेलले जानकारी दिएका छन् ।
उनी ललितपुरको न्यू वल्र्ड ओभरसिज म्यानपावरमार्फत डिसेम्बर १६, २०१९ मा साउदी अरब पुगेका थिए । आयुष छारे रोगजस्तो देखिने समस्याबाट १८ महिनादेखि थलिएका थिए । उनको यो समस्यालाई उनीसंगै बस्ने साथीहरुले भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।






