एजेन्सी । बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण भएको छ । उनीसँगै उनका बहिनी अंशुला कपुर पनि कोरोना संक्रमित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यतिमात्र होइन, अनिल कपुरकी छोरी रिया कपुर र उनका पति करण बुलानी पनि कोरोनाबाट संक्रमित भएका छन् ।
कोरोना पोजिटिभ भएपछि उनीहरु अहिले क्वारेन्टीनमा रहेको बताइएको छ । अर्जुन कपुर हालसालै क्रिसमसको पार्टीमा सहभागी भएका थिए । उनी प्रेमिका मलाइका अरोराका साथमा करिश्मा कपुरले आयोजना गरेको पार्टीमा सहभागी भएका छन् ।
अर्जुन कपुरको कन्ट्याक्ट ट्रेसिङमा परेपछि मलाइका अरोरा तनावमा भएको समाचारमा उल्लेख छ । उनले विभिन्न टेलिभिजन शोहरुमा जजको भूमिका निभाइरहेकी छन् । त्यही कारण पनि उनी तनावमा रहेको बताइएको छ । स्रोतअनुसार कन्ट्याक्ट ट्रेसिङमा परेपछि मलाइकले पनि कोरोना परीक्षण गराएकी छन् ।
मलाईका र अर्जुनको अफेरले आजपनि बलिउडमा तरंग नै मच्चाई रहेको छ । छोराको उमेरका अर्जुसंग मलाईकाको प्रेम बसेपछि उनले आफ्नो श्रीमान अरबाजलाई छाडेकी थिईन् ।






