काठमाण्डौ । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’द्धारा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला त्यसै अलपत्रै परेको छ । उनीहरुले रंगशाला बनाउन नसकेर बीचैमा हात झिकेको समाचारहरु आई रहंदा भने उनीहरु दुबै श्रीमान र श्रीमती मिलेर रंगशाला बनाउने नाममा करोडौं रकम ठ’गी गरेको कुरा बाहीरिएको छ ।
जब उनीहरुले रंगशाला बनाउन अब उप्रान्त हामी असमर्थ छौं भनेर सार्वजनिक रुपमा घोषणा नै गरे तबदेखि उनीहरुलाई करोडौं रुपैया ठगी गरेको आरोप लाग्दै आएको हो । उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने नाममा करोडौँ रकम चन्दा उठाएका छन् ।
चन्दाको ठगी धन्दापछि रंगशालाको स्वामित्व लिनुपर्ने भन्दै धुर्मुस–सुन्तलीले भरतपुर महानगरपालिकासँग आग्रह गरेपछि हजारौँ सर्वसाधारणसँग उठाएको रकम फिर्ता गर्न पनि माग उठेको छ । व्यक्तिगत चाहना पूरा गर्न उनीहरूले उठाएको चन्दाको हिसाव किताव सार्वजनिक गर्नुपर्छ ।
उनीहरूले रंगशालाका नाममा उठाएको रकम र खर्च विवरणको अडिट गरेर अडिट रिपोर्ट सार्वजनिक गर्नुपर्छ । रकम हिनामिना भएको रहेछ भने ‘धुर्मुस–सुन्तली’लाई पाता कसेर कानूनअनुसार दण्ड सजाय दिनुपर्छ । ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले अरु कति पैसा संकलन गरेको छ सबै जानकारी दिनुपर्छ ।
ठूलो रंगशाला बनाउने मोहमा धुर्मुस–सुन्तलीले फाउन्डेसनलाई अगाडि ल्याएर चन्दा संकलन गर्न थाले । उनीहरूले चन्दा संकलन कति गरे खोल्नुपर्छ । फेसबुकमा लेखेको भरमा ‘धुर्मुस–सुन्तली’लाई उन्मुक्ति दिनु हुँदैन । भरतपुरको रामपुरमा रहेको कृषि विश्वविद्यालयको जमिनमाथि ‘धुर्मुस–सुन्तली’ले ठूलो खेलवाड गरेका छन् ।
भरतपुरकी मेयर रेणु दाहालले विश्वविद्यालयको जमिन हडप्न पाउँदा निकै गर्वका अभिव्यक्ति समेत दिएकी थिइन् । मेयर दाहालले रंगशालाका नाममा चितवनमा मच्चाएको आ तं कको हिसाव–किताव दिनुपर्छ । अब अहिले विश्वविद्यालयको जग्गामा बनिरहेको क्रिकेट स्टेडियमको काम कति सकियो ? कसरी कति बनाइयो ?
कस्ता सामान प्रयोग गरिएको छ ? गुणस्तर के छ ? भन्ने विषयमा कसैलाई थाहा छैन । ३ अर्ब ५४ करोड रंगशालाको अनुमानित लागत हो । अहिलेसम्म ५४ करोड नगद र १६ करोड ऋणमा ३५ प्रतिशत काम सकिएको दाबी कट्टेलको छ । यसको आर्थिक आयव्ययको लेखा परीक्षण, निर्माण पूर्वाधारको अवस्थाबारे आम मानिसलाई जानकारी दिनुपर्छ ।
मिडियाबाजीको भरमा, चन्दा उठाएर धुर्मुस सुन्तलीले जे गर्न खोजे, जे भ्रम गर्न खोजे गम्भीर प्रश्न उठाएको छ । रंगशाला बनाउने भनेर चन्दा उठाएर काम बन्द गरेर भाग्न लागेका धुर्मुस–सुन्तलीको सम्पत्तिको छानबिन पनि हुनुपर्छ । चन्दा उठाएर समाजसेवा गरेको भरमा जसले जे गर्दा पनि छुट दिनु हुँदैन ।
सामाजिक सञ्जालमा धुर्मुस–सुन्तलीलाई कारबाहीको माग उठेका छन् । विभिन्न अनलाइनहरूमा कारबाहीको माग गरेर आर्टिकलहरू पनि आइरहेका छन् । उनीहरूको सम्पत्तिमाथि छानविन गर्न पनि माग उठेका छन् । सीताराम कट्टेल अथात ‘धुर्मुस’ एमाले समर्थक हुन् भने कुञ्जना घिमिरे अर्थात ‘सुन्तली’ माओबादी समर्थक हुन् ।






