काठमाण्डौ । गायक टिकाराम कट्टेल र गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘उही बाटो’को भिडियो सार्वजनिक भएको छ । गीतमा रवी मल्लको शब्द, अर्जुन पोखरेलको संगीत, फणिन्द्र राईको एरेञ्ज र सुमन खड्काको मिक्सिङ तथा मास्टरिङ छ ।
विधान कार्की निर्देशित भिडियोमा सुधीर श्रेष्ठ र स्मारिका ढकालको अभिनय छ । भिडियोमा नबिना थापाको विशेष अभिनय छ । हिमालय दृश्य रिसोर्ट धुलिखेलमा छायांकन गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन, विकास दाहालको सम्पादन, मनीषा पोखरेलको कला निर्देशन, माधव शर्माको सहायक निर्देशन छ ।
भिडियोका निर्माता गायक टिकाराम कट्टेल नै हुन् । भिडियो द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो ।
योपनि पढौं
छ वर्षपछि सागरको ‘पोखरेली शहर’
काठमाण्डौ । गायक सागर बुढाथोकीको स्वर, शब्द तथा संगीतमा तयार भएको ‘पोखरेली शहर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मधुर आर्ट नामक युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा पोखरामा एक युवती देखेपछि युवकको मनमा उठ्ने विभिन्न भावना र प्रेमको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा सागर बुढाथोकी र शिवानी कुँवर फिचर्ड छन् । पोखरा र लमजुङमा खिचिएको भिडियोमा अशोक भुजेलको निर्देशन छ ।
भिडियोमा राजकुमार श्रेष्ठको छायांकन र सम्पादन छ । सागरले ६ बर्ष अगाडि ‘डुम्रे काँटेर लमजुङको बाटो’ सार्वजनिक गरेका थिए ।






