एजेन्सी । बेलायतको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन ख’सा’लिदिएको छ । करिव चार दशकपछि पहिलोपटक बेलायती सेनाले शत्रुको ड्रोनलाई निशाना बनाएको हो । इराकनजिकको सीमा क्षेत्रमा दुईवटा एफजीआर फोर जेटका पाइलटले ड्रोन ख’सालि’दि’एका हुन् ।
दक्षिणी सिरियामा इस्लामिक स्टेटविरु’द्ध यु’द्धर’त गठबन्धन सेनामा सुरक्षा चुनौती देखिएपछि बेलायती सेनाले सो ड्रोन ख’सालि’दि’एको हो । आकाशबाट छोटो दुरीमा प्र’हा’र गर्न सकिने क्षे’प्या’स्त्रको प्रयोग गरेर ड्रोन ख’सा’लि’एको थियो ।
ड्रोन ख’साल्न प्रयोग गरिएको क्षे’प्यास्त्र ध्वा’नीभन्दा चाँडो गतिमा उड्न सकिने बताइएको छ । रक्षामन्त्री बेन वालेसले हवाई क्षेत्रमा बेलायती सेनाले कुनै पनि बेला शत्रुलाई नि’शा’ना बनाउन सा’मथ्र्य रहेको बताएका छन् ।
बेलायतमा कोभिडबाट एकै दिन ८८ हजार संक्रमित, ओमिक्रोनको प्रकोप बढ्दो बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उ’च्च देखिएको छ । पछिल्लो २४ घन्टामा ८८ हजार नयाँ संक्रमित भेटिएका छन् ।
यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उ’च्च संक्रमितको संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।
बेलायतमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले चे’ताव’नी दिएका छन् । संक्रमण ती’व्र फै’लिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् ।
नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ । करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा कोभिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ ।






